नेकपा एस महाधिवेशनः दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने, भोलि नेतृत्व छान्ने – Nepal Press

नेकपा एस महाधिवेशनः दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने, भोलि नेतृत्व छान्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ ।

देशभरबाट आएका प्रतिनिधिको सुझावसहित आज बिहान बस्ने बैठकले दस्तावेजमाथि प्रस्तुति दिने कार्यतालिका छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने छ ।

बैठक आज बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।

मंगलबार राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर