रास्वपा बैठकस्थलभित्र किन बढाइयो प्रहरी तैनाथी ? – Nepal Press

रास्वपा बैठकस्थलभित्र किन बढाइयो प्रहरी तैनाथी ?

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसिरहेको छ । महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथिको छलफल आजको बैठकको मुख्य एजेण्डा छ ।

वनस्थलीस्थित पार्टी मुख्यालयमा जारी बैठकमा भित्रैसम्म प्रहरी तैनाथी बढाइएको छ । यसअघि पार्टी कार्यालयअगाडि नियमित सुरक्षा हुने गरेकोमा आज बैठक बसिरहेको पाँचौ तलामै प्रहरीहरू पुगेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको रहेको रास्वपामा महामन्त्रीले बुझाएको प्रतिवेदनले तरंग ल्याएको छ ।

ढकालले देशभर समीक्षा यात्रापछि निकालेको निचोडलाई प्रतिवेदनका रूपमा तयार पारेका छन् । उनले निकालेको निचोड पार्टीका निम्ति सुखद छैन । उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण प्रतिवेदनमै उल्लेख गरेका छन् । पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने उनको निष्कर्ष छ । आन्तरिक कुरा मिडियावाजी गरेको भनेर ढकाललाई स्पष्टीकरणसमेत सोधिएको थियो ।

आजको बैठकमा प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध गरेका छन् ।

बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् ।


प्रतिक्रिया

2 thoughts on “रास्वपा बैठकस्थलभित्र किन बढाइयो प्रहरी तैनाथी ?

  1. महामन्त्रीज्युले सबैलाई मिलाउने हो, आफैं नमिल्ने होइन!🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर