तरलता व्यवस्थापनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैङ्क – Nepal Press

तरलता व्यवस्थापनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट आज ५० अर्ब रुपैयाँ निक्षेप तान्न लगेको छ । बुधवार राष्ट्र बैङ्कले तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बजारबाट तान्न लगेको हो ।

राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत २१ दिने अवधिका लागि उक्त रकम उठाउन लगेको हो ।

राष्ट्र बैङ्कका अनुसार लगानी गर्न चाहने बैङ्क तथा वित्तीय संस्थाले बोलकबोलमार्फत घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । आवेदन आज बुधवार मध्यान्ह ३ बजेसम्म दिन सकिनेछ ।

त्यसै गरी निक्षेप सङ्कलन उपकरणको ब्याजदर पनि बोलकबोलमार्फत तय हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *