बागमती स्वास्थ्य मन्त्रालयको आगामी वर्षको बजेट पौने ५ अर्ब – Nepal Press

बागमती स्वास्थ्य मन्त्रालयको आगामी वर्षको बजेट पौने ५ अर्ब

मन्त्री रामेश्वर श्रेष्ठ भन्छन्- हरेक नागरिकमा स्वास्थ्यको पहुँच एकमात्र ध्येय

काठमाडौं । बागमती प्रदेशअन्तर्गत स्वास्थ्यमन्त्रालयबाट भएगरेका गतिविधि र भावी योजनाको बारेमा जानकारीमूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा चालू आर्थिक वर्षमा भएका स्वास्थ्य कार्यक्रमको प्रगति, चुनौती साथै आगामी आवमा तय गरिएको कार्यक्रम तथा बजेटको बारेमा पनि जानकारी गराइयो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश स्वास्थ्यमन्त्रालयको बजेट ४ अर्ब ८५ करोड ६३ लाख ४९ हजार विनियोजन गरिएको छ । मन्त्रालयले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको जनशक्ति, दुर्गम क्षेत्रमा सेवाका लागि उत्प्रेरणा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत दीर्घरोगको स्क्रिनिङ र उपचारमा सहुलीयत, गर्भवती र नवजात शिशुको स्वास्थ्य स्याहारलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ ।

स्वास्थ्यमन्त्री श्रेष्ठले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर आफूसहित सिंगो टीम गम्भीर रूपमा लागेको बताए ।

पत्रकार र स्वास्थ्यकर्मीका लागि आयोजना गरिएको पैरवी कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, बागमती स्वास्थ्य निर्देशनालयका निर्देशक दीपकप्रसाद तिवारी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. नरेन्द्रकुमार झालागयतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर