रास्वपा बैठकमा महामन्त्री ढकालको प्रतिवेदन पेश, के छ अर्को प्रस्ताव ? (पूर्णपाठ) – Nepal Press

रास्वपा बैठकमा महामन्त्री ढकालको प्रतिवेदन पेश, के छ अर्को प्रस्ताव ? (पूर्णपाठ)

महामन्त्री ढकालको ३२ पेजको प्रतिवेदन सहमहामन्त्रीले गरे बाचन

काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालको बहुचर्चित प्रतिवेदन पेश भएको छ ।

समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएपनि आज सभापति लामिछानेले रोकेको आरोप महामन्त्री ढकालले लगाएका छन्  । तर रास्वपा एक नेताले भने बाहिर आएको हल्ला गलत रहेको बताए ।

उनले भने- मुकुल ढकालले केहीबेर अघिमात्रै सबै मिडिया कसरी हल्लाइदिन्छु भनेर चुनौती दिएका थिए । नभन्दै त्यसैगरी एकतर्फी समाचार आयो । 

महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारेपनि सभापति रवि लामिछानेले अनुमति नदिएको बताएका छन् । बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसे ।

महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बाचन गरे ।

प्रतिवेदन पढिसकेपछि अहिले खाजा ब्रेक भएको छ । खानापछि सुरू हुने बैठकमा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा यही ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक-दुई सीट जित्ला । भोलिका दिनहरूमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर