रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्दै, प्रतिकित्ता मूल्य कति ? – Nepal Press

रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । यही असार २७ गते रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

रिलायन्सले बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ जारी गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुटाएको ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न लगेको हो ।

कम्पनीका अनुसार आईपीओ प्रति कित्ता ८२०.८० रुपैयाँका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ लगानीकर्ताहरूले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय र मेरो सेयरबाट आइपिओ भर्न सक्नेछन् ।

रिलायन्सको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *