प्रधानमन्त्री बुद्धिमान हुनुहुन्छ, अब कांग्रेस-एमालेसँग खेल्नुको अर्थ छैन : रमेश लेखक (भिडिओ) – Nepal Press

प्रधानमन्त्री बुद्धिमान हुनुहुन्छ, अब कांग्रेस-एमालेसँग खेल्नुको अर्थ छैन : रमेश लेखक (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन्।

आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साना दलहरू मिलेर सरकार बनाउँदा राजनीतिक अस्थिरता बढेकाले एमालेसँग मिलेको बताए।

उनले भने, ‘हामीले नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीलाई बाटो खोलिदिनुस् भनेका छौँ। बहुमत एकतातिर गइसक्यो। अब उहाँले खेल्नको लागि विश्वासको मत लिन्छु भन्नुहुन्छ भन्ने लाग्दैन। उहाँ बुद्धिमान हुनुहुन्छ। बहुमत एकतिर आइसक्यो। अब खेलेको अर्थ छैन। उहाँले परिस्थितिलाई ठिक ढंगले विश्लेषण गर्नुहुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर