श्रवण शक्ति नभएकी कलाकार ओली निवासमा, राखिन् अपांगता हुँदाका सकस – Nepal Press

श्रवण शक्ति नभएकी कलाकार ओली निवासमा, राखिन् अपांगता हुँदाका सकस

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आवासमा श्रवण शक्ति नभएकी कलाकार सुजल बम पुगेर आफ्नो समुदायको गुनासो पोखेकी छिन् ।

उनले जागिर नपाउने, समस्या धेरै भएको, आफूलाई सहयोग गर्ने धेरै नभएको, राज्यले धेरै सहयोग नगरेको भन्दै राज्यले सहयोग गर्नुपर्ने उनले मात गरेकी थिइन् ।

सांकेतिक भाषाका अनुवादकसहित पुगेकी बमले यस्तो गुनासो गरेपछि ओलीले सहयोग गर्ने प्रतिबद्धता दिएका थिए । यो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एमाले संसदीय दलकी सचेतक सुनिता बराल लगायतले सेयर गरेका छन् । यो अहिले भाइरल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर