रास्वपा महामन्त्री भन्छन्- मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् – Nepal Press

रास्वपा महामन्त्री भन्छन्- मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस्

काठमाडौं । रास्वपा महामन्त्री डा. मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनमाथि पार्टीका नेताहरूले लगाएको आरोपमाथि आपत्ति जनाएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेश गर्दै आफ्नो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने उल्लेख गरेका छन् ।

प्रस्तावमा भनिएको छ, ‘गल्फ्रेन्डको कुरा, मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस् ।’

देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको उल्लेख गरेका छन् ।

प्रस्तावमा भनेका छन्, ‘गल्फ्रेन्डको कुरा गरेर, मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान गरिएको भए हुन्थ्यो।  म जान पाइन, एक जना नारी जाने ? मेरो साटो भनेर रडाको मच्याउँदा पनि , सायद मुकुल ढकालसँग जोडिएको विषय हो , कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’

पार्टीबाट समानुपातिक सांसद चयन गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई रोकेर महामन्त्री ढकालले आफ्नो गर्लफ्रेन्ड पठाएको आरोप लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर