महामन्त्रीको प्रतिवेदन हुबहु सार्वजनिक गरिन्छ: रास्वपा (भिडिओ) – Nepal Press

महामन्त्रीको प्रतिवेदन हुबहु सार्वजनिक गरिन्छ: रास्वपा (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन हुबहु सार्वजनिक गर्ने भएको छ । आज जारी केन्द्रीय समितिको बैठकमा प्रतिवेदनमाथि नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् ।

बैठककै बीचमा बाहिर निस्किएका सहप्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभापतिले प्रतिबद्धता जनाइसकेको उल्लेख गरे । बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्ताव भने अस्वीकृत भएको उनले बताए ।

उनले भने, ‘बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्तावलाई सभापतिज्यूले नै बैठकमा राख्नुभएको थियो । तर, सबै केन्द्रीय सदस्यहरुले यसलाई अस्वीकार गर्नुभयो । हामीले प्रतिवेदन हेर्न नपाएको हुँदा पहिले यसबारे छलफल गरौं भन्ने कुरा भएको छ ।’

बैठक लाइभ नहुने भएपछि महामन्त्री ढकाल मुखमा टेप लगाएर बसेको उनले बताए । महामन्त्री नबोलेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डेढ घन्टा लगाएर प्रतिवेदन वाचन गरेको उनले उल्लेख गरे ।

महामन्त्रीलाई हटाउने तयारी गरिएको भनेर आएको समाचार उनले खण्डन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर