नेकपा एसको निर्वाचन निर्देशिका- केन्द्रीय कमिटीमा जिल्लाबाट एक जना अनिवार्य, युवालाई आरक्षण – Nepal Press

नेकपा एसको निर्वाचन निर्देशिका- केन्द्रीय कमिटीमा जिल्लाबाट एक जना अनिवार्य, युवालाई आरक्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा निर्वाचन निर्देशिका सार्वजनिक भएको छ ।

कमलादीमा जारी महाधिवेशनको चौथो दिन केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटी निर्वाचन निर्देशिका २०८१ तय गरिएको हो।

महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।

केन्द्रीय कमिटी निर्वाचनमा प्रत्येक जिल्लाबाट एक जना प्रदेश अन्तर्गत २५ सय संगठित पार्टी सदस्य, बराबर १ जनाका दरले थप हुने निर्देशिकामा उल्लेख छ।

महिला लगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५र४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने उल्लेख छ।

नेकपा एसको भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने देखिएको छ। महासचिव भुसाललाई सम्मानित नेता झलनाथ खनालको समर्थन छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर