ब्राउन सुगरको कारोबार गरिरहेका दुई युवा कीर्तिपुरको मन्दिरबाट पक्राउ – Nepal Press

ब्राउन सुगरको कारोबार गरिरहेका दुई युवा कीर्तिपुरको मन्दिरबाट पक्राउ

काठमाडौं । कीर्तिपुरको एक मन्दिरबाट ३४.४० ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम फाकफुकथुङ गाउँपालिका-५ का २१ वर्षीय राजकुमार सुनुवार र २१ वर्षकै मनिराज मुखिया छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई जाल्पादेवी मन्दिरको हाताभित्रबाट पक्राउ गरेको हो । उनीहरूमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर