टीआरसी कार्यदलको पहिलो बैठक- यी चार विषयमा सहमतिको प्रयास (भिडिओ) – Nepal Press

टीआरसी कार्यदलको पहिलो बैठक- यी चार विषयमा सहमतिको प्रयास (भिडिओ)

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भिक छलफल सुरू गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमत्तिका विषयमा प्रारम्भिक छलफल भएको हो ।

विधेयकमा रहेको मानव अधिकारको गम्भीर उल्लंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधीवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटी मागदाबी लिएर जानेलगा‍यत चार विषयमा सहमतिको प्रयास खोजिएको कार्यदल सदस्य प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

छलफलका क्रममा केही सकारात्मक संकेत देखिएको र थप छलफल गरिने उनको भनाइ छ । त्यस्तै कार्यदल सदस्य रमेश लेखक र जनार्दन शर्माले पनि सकारात्मक छलफल भएको भन्दै केही दिनमा टुंगो लगाउने जानकारी दिए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन आइतबार तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले विधेयकमा चार विषयमा सहमति गर्न विभिन्न सुझावहरू दिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर