सक्कली व्यवसायीलाई सरकार नजिक ल्याउन नेतृत्व गर्नेहरुले ढंग पुर्‍याएर काम गर्नुपर्छ : मुख्यमन्त्री कँडेल – Nepal Press

सक्कली व्यवसायीलाई सरकार नजिक ल्याउन नेतृत्व गर्नेहरुले ढंग पुर्‍याएर काम गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सक्कली व्यवसायीलाई सरकारको नजिक पुर्‍याउन नेतृत्व गर्नेहरुले ढंग पुर्‍याएर काम गर्नु पर्ने बताएका छन् ।

बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनमा मुख्यमन्त्री कँडेलले कर्णालीमा कार्यक्रमका आधारमा बजेट माग्ने र बजेटका आधारमा कार्यक्रम बनाउने प्रचलन व्यापक भएको बताएका हुन् ।

व्यवसायी पनि यसबाट अछुत नरहेको उनले भने, ‘जसले सक्कली व्यवसाय गरिरहेको छ त्यो धेरै टाढा छ । जसले कागज मिलाइएको छ त्यो सरकारको नजिकै रहेको छ भन्ने लागिरहेको छ । जसले सक्कली व्यवसायीलाई सरकारको नजिक पुर्‍याउने कुरामा त्यसको नेतृत्व गर्नेहरुले अलि ढंग पुर्‍याउनु पर्छ भन्ने मलाई लागेको छ । यसले सरकारका तर्फबाट सकारात्मक होइन । पहल त्यसको नीति बनाउने कुरामा अगुवाइ गरिनुपर्ने पर्छ ।’

कार्यक्रम मिलाएर होल्ड गर्ने तर त्यसपछि काम नगर्ने तरिकालाई सुधार्नु पर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए । सही तरिकाले काम गर्ने गरेर आउनेलाई भने सरकारका तर्फबाट पूर्वाधार निर्माणका कार्यमा सरकारले साथ दिने प्रतिबद्धता जनाए ।

दलीय व्यवस्थालाई दिनदिनै बदल्ने कुरालाई सहज मानेर चर्जाको विषय नबाउन मुख्यमन्त्री कँडेलले आग्रह गरे । उनले उद्योग र व्यवसाय सञ्चालनको तरिकालाई बहस र छलफलका रुपमा लिनुपर्ने जोड दिए ।

सम्मेलनमा उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाही, उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयमा सहसचिव गोबिन्दप्रसाद रिजाल, मुक्तिनाथ विकास बैक मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरत ढकाल, नबिल बैकका डेपुटि सिईओ मनोजकुमार ज्ञवाली लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

कर्णालीका युवा उद्यमी तथा उद्यम गर्न चाहाने युवाहरुका लागि उद्यमशीलता प्रेरणा दिनका लागि आयोजित सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका १८ देखि ४० वर्षमुनिका युवा उद्यमीहरुको उपस्थिति रहेको छ ।

कार्यक्रममा उद्यमशीलता विकास, सम्भावना, उद्यम गर्नका लागि बैक तथा बित्तिय संस्थाहरुबाट लिन सकिने सेवा सुविधाहरु लगायतका विषयमा जानकारी दिनुका साथै उद्यमशीतला सम्बन्धी सफलताका अनुभवहरु आदान प्रदान गरिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *