व्यवसायी भन्छन्- अनलाइन खरिदका लागि दराज नै उत्कृष्ट हो – Nepal Press

व्यवसायी भन्छन्- अनलाइन खरिदका लागि दराज नै उत्कृष्ट हो

काठमाडौं । ७ वर्ष लण्डन बस्दा आफुले जुनसुकै सामान अनलाइनमार्फत घरमै पाएको देख्दा सज्जु प्रधान दंग परिन् । बाहिर हिँड्न पनि नपर्ने अनि आफुले भनेको जस्तो ओरिजिनल सामान अनलाइनबाट पाएपछि उनको मनमा नेपाल फर्किएपछि अनलाइन विजनेश गर्ने चाहना पलायो ।

सन् २०१७ सालमा नेपाल फर्किएपछि उनको रोजाइको व्यवसाय बन्यो स्वास्थ्य तथा सौन्दर्य सम्बन्धी सामानहरु बेच्ने । त्यो पनि अनलाइन प्लेटफर्म प्रयोग गरेर । र, उनले सुरु गरिन जेन्युन कलेक्सन द ब्युटी सप नामक व्यवसाय ।

पहिला त जुन पायो त्यही अनलाइनमार्फत उपभोक्ता समक्ष सामान पठाउँथिन । तर, आजकाल उनको रोजाइमा दराज परेको छ । प्रधान भन्छिन्, ‘दराजको विषयमा अहिलेसम्म कुनै अप्ठेरो भएको छैन । धेरै जसो अनलाइनमा भुक्तानीको इसु आउँछ तर दराजसँग अहिलेसम्म त्यस्तो इसु आएको छैन । हिसाब किताब क्लियर हुन्छ ।’

अनलाइनमार्फत व्यवसाय गर्नेले दराजसँग सहकार्य गर्न प्रधान सुझाउँछिन् । तर ग्राहक झुक्याउँने सामान कुनै पनि अनलाइनले बिक्री नगर्न आग्रह पनि गर्छिन् ।

अर्की व्यवसायी सुजाता सुवाल दराजमार्फत नै आफ्नो व्यवसाय प्रवर्द्धन गरिरहेकी छन् । ‘द डर्मा को’ नामक व्यवसाय उनले दराजमार्फत गरिरहेकी छन् ।

सूचना प्रविधिमा इन्जिनियरीङ गरेकी सुजाताको रुचि पहिलेदेखि नै अनलाइन व्यवसाय गर्नु थियो । नेपाल स्याटलाइट कम्पनीमा सिनियर म्यानेजर भएर काम गर्दा उनले विभिन्न लिंकहरु हेर्थिन् ।

त्यतिकैमा दराजको लिंक आयो । उनले दराजमा अप्लाइ गरिन् उनको प्रस्ताव दराजले स्विकारेर उनको समान बिक्री गरिदिने माध्यम बन्यो । अहिले नेपाल स्याटलाइट कम्पनी बन्द भइसकेको छ । उनले पनि आफ्नै व्यवसाय गरिरहेकी छन् ।

नेपालका कुनै पनि अनलाइन प्लेटफर्मसँग दराज दाँज्न नमिल्ने उनको बुझाइ छ । भारतमा अध्ययन गरेकी उनले सुरुमा मामा अर्थ ब्राण्डको बच्चाका सामानबाट व्यवसाय सुरु गरेकी थिइन् ।

अहिले उनले १० वटा ब्राण्डको सामान बेच्छिन् । वार्षिक अफलाइन र अनलाइन गरी ५ करोड रुपैयाँ भन्दा बढीको सामान बेच्ने गरेको सुजाता सुनाउँछिन् ।

दराजले पनि यो वर्ष स्वास्थ्य तथा सौन्दर्य सामाग्रीमा विशेष ध्यान केन्द्रित गरेको छ ।

दराजकी स्वास्थ्य र सौन्दर्य ब्रान्ड प्रमुख सुलेक्क्षा महर्जन भन्छिन्, ‘यस वर्ष, हामीले स्वास्थ्य र सौन्दर्य श्रेणीमा विशेष ध्यान केन्द्रित गरेका छौं, जुन गत वर्ष १०० प्रतिशत बढेको थियो र हामी यस वर्ष पनि त्यस्तै वृद्धिको अपेक्षा गर्दछौं । यस श्रेणीमा हाम्रो सफलताको लागि ओरिजिनल उत्पादनहरू बेच्नु महत्वपूर्ण छ, जसले हामीलाई ग्राहकहरू र बिक्रेताहरू दुवैको विश्वास प्राप्त गर्न मद्दत गर्दछ । हाम्रो मुख्य लक्ष्य भनेको नेपालमा ओरिजिनल र वास्तविक उत्पादनहरू प्रस्तुत गर्दै विविध र आकर्षक स्वास्थ्य र सौन्दर्य प्लेटफर्मको रुपमा दराजलाई स्थापना गर्नु हो ।’

दराजमा कुनै पनि सामानको सर्च गर्दा निरन्तर त्यहीसँग सम्बन्धित सामान दराजले देखाउने गरेको छ । यसले गर्दा पनि आफूलाई चाहिएको सामान हेर्न ग्राहकलाई सजिलो हुने गरेको छ ।

पछिल्लो समय नेपालमा पनि शौन्दर्य सामग्रीको माग ह्वात्तै बढेको छ । अधिकांश मानिसहरु आफ्नो सौन्दर्यप्रति सचेत हुदा त्यससँग सम्बन्धित सामानको पनि बिक्री वित्तरण बढेको हो ।

आकर्षक देखिने रहर जो केहीलाई हुन्छ त्यही आकर्षक बन्न विभिन्न ब्राण्डका ब्युटी प्रोडक्टहरु लगाउने गरिन्छ । जुन पायो त्यही सामान प्रयोग गर्दा छालामा समस्या देखिने भएकाले अनलाइनबाट ब्युटी प्रोडक्ट मगाउँदा भरपर्दो अनलाइन रोज्न व्यवसायीहरु सुझाउँछन् ।

प्रवर्द्धनात्मक सामग्री

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *