कांग्रेस-एमाले मिल्दा लोकतन्त्र कमजोर हुने शशांकको शंका – Nepal Press

कांग्रेस-एमाले मिल्दा लोकतन्त्र कमजोर हुने शशांकको शंका

'रविजीलाई अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सेजस्तै भएको छ'

विराटनगर । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले एमालेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएका छन् । सुनसरीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आलटाल गरेकाले एमालेले आफ्ना मन्त्री फिर्ता बोलाएर दबाब दिनुपर्ने बताए ।

लोकतन्त्रको सुन्दरता भनेकै बलियो प्रतिपक्ष भएको बताउँदै कोइरालाले दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशंका व्यक्त गरे ।

यसले मुलुक एक तन्त्रीय शासनतर्फ जान सक्ने डर भएको कोइरालाको भनाई थियो ।

उनले भने, ‘सत्ता पक्षले कमजोरी गर्दा प्रश्न उठाउन नसक्ने प्रतिपक्ष भएपछि लोकतन्त्र कसरी बलियो हुन्छ ? प्रतिपक्षलाई बलियो बनाउन सक्नुपर्छ । प्रतिपक्ष बलियो भएन भने लोकतन्त्र कमजोर हुन्छ ।’

उनले गृहमन्त्री रवि लामिछाने सत्ताबाट बाहिरिन पर्ने भएपछि जथाभावी बोल्न थालेको आरोप लगाए । सत्ता समीकरण परिवर्तन भएसँगै लामिछाने आत्तिएको उनको टिप्पणी छ ।

कोइरालाले भने, ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ लामिछानेजीलाई नि यस्तै भएको छ ।’

उनले कम्युनिस्ट पार्टीसँग मिल्नु हुँदैन भनेर आफूले विगतदेखि नै भन्दै आएको र कांग्रेसकै कारण कम्युनिस्टहरू स्थापित भएको दाबी गरे । संविधानमा संशोधन गर्नुपर्ने थुप्रै विषय भएकाले शशांकले यसमा सबैको साध चाहिनेसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर