राप्रपा नेपालको निष्कर्ष: कांग्रेस-एमाले गठबन्धनको मुख्य उद्देश्य भ्रष्टाचारका ठूला काण्ड दबाउनुमात्रै – Nepal Press

राप्रपा नेपालको निष्कर्ष: कांग्रेस-एमाले गठबन्धनको मुख्य उद्देश्य भ्रष्टाचारका ठूला काण्ड दबाउनुमात्रै

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले कांग्रेस-एमाले गठबन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा नबनेको निष्कर्ष निकालेको छ।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यक्रमबारे बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सत्ता स्वार्थ र भ्रष्टाचारको कारबाहीबाट जोगिने रणनीतिको परिणाम भएको निष्कर्ष निकालेको हो ।

संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु आफैंमा विडम्बनापूर्ण भएको पार्टीको धारणा रहेको राप्रपा नेपालका महासचिव राजाराम बर्तौलाले बताए ।

उनले भने, ‘संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाएको अमूर्त तर्क केबल सत्ता आरोहणलाई पुष्टि गर्ने निरर्थक बहाना हो । यही भ्रष्ट व्यवस्थालाई थप टेको लगाउन संविधान संशोधनको चर्चाबाट हिन्दू राष्ट्र र राजसंस्था स्थापना र प्रदेश खारेजी चाहनेहरु उत्साहित हुनुपर्ने वा स्वागत गर्न हतारिनु आवश्यक छैन ।’

यो गठबन्धन बनेपछि नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरण, सुन काण्ड, ललिता निवास, टेरामक्स जस्ता भ्रष्टाचारको घटनालाई दबाइने स्वार्थले बनेको राप्रपा नेपालको निष्कर्ष छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर