भारतका हार्दिक पान्ड्या टी-२० वरियताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उग्लिए
नेपाल प्रेस
२०८१ असार १९ गते १७:२४
काठमाडौं । भारतीय अलराउन्डर हार्दिक पान्ड्या टी-२० वरियताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उग्लिएका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० वरियतामा हार्दिक दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उग्लिएका हुन् ।
उनले अमेरिका र वेष्ट इन्डिजमा भएको आइसीसी टी-२० क्रिकेटमा भारतलाई उपाधि जिताउन हार्दिकले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी सातौँ र कुशल मल्ल ३६औँ स्थानमा यथावत् छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर