नेकपा एसलाई ३२ देशका कम्युनिष्ट पार्टीको शुभकामना – Nepal Press

नेकपा एसलाई ३२ देशका कम्युनिष्ट पार्टीको शुभकामना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनको सफलताको निम्ति विभिन्न देशका कम्युनिष्ट पार्टीहरूले शुभकामना दिएका छन् ।

गत आइतबारदेखि सुुरू भएको महाधिवेशनको आज चौथो दिन पार्टी सम्मानित नेता झलनाथ खनालले विभिन्न देशका कम्युनिष्ट पार्टीले शुभकामना दिएको महाधिवेशन हललाई जानकारी दिए ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार ३२ वटाभन्दा धेरै देशका कम्युनिष्ट पार्टीहरूले महाधिवेशनको शुभकामना दिएका छन् ।

प्रमुख खतिवडाकाअनुसार शुभकामना दिनेमा चिनिया कम्युुनिष्ट पार्टी, भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सवादी), सिपि आई (भारतीय), सिपिआई (यमयल), कम्यूनिष्ट पार्टी (बंगलादेश), पिपुल्त लिवेसन फ्रन्ट (श्रीलंका), कम्युनिष्ट पार्टी अफ (बर्मा), लाओस पिपुल्स लिब्रेसन पार्टी (लाओस), मलेसियन समाजवादी पार्टी (मलेसिया), कोरियन कम्युनिष्ट पार्टी (उत्तरकोरिया), कोरियन लेवर पार्टी (द.कोरिया), कुवेत पार्टी (कुवेत), कुर्दिस्तान कम्युनिष्ट पार्टी (कुर्दिस्तान), प्यालेस्टाइन पिपुल्स पार्टी (प्यालेस्टाइन), अस्ट्रेलियन कम्युनिष्ट, रोमानिया कम्युनिष्ट पार्टी, डेनिश कम्यूनिष्ट पार्टी, वेल्जियम वर्कस पार्टी, जर्मन मा.ले. पार्टी, स्वीस कम्युनिष्ट पार्टी, फ्रान्सेली कम्युुष्टि पार्टी रहेका छन् ।

त्यस्तै, शुभकामना दिनेमा स्पेन कम्युनिष्ट पार्टी (समाजवादी), पटालोनिया पार्टी, आयरलेण्ड पार्टी (सेमफेन), विश्व श्रमिक पार्टी (अमेरिका पार्टीं), पार्टी सोसियलिष्ट डेमोक्रेटिक (अमेरिका), सार्क रेमुल्जिम सड, कति कम्युुनिष्ट पार्टी चिलि, कम्भूमिवर फट, क्युबा कम्युनिष्ट पारौ भेनेजुयला कम्युुनिष्ट पार्टी, इरान कम्युनिष्ट पार्टी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर