बलात्कार आरोपमा इन्स्पेक्टर सिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश – Nepal Press

बलात्कार आरोपमा इन्स्पेक्टर सिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर सिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले सिवाकोटीलाई थुनामा राख्न आदेश दिएको हो ।

आफ्नो घरमा घरेलु श्रमिकका रूपमा राखिएका १२ वर्षका बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जेठ २३ मा पक्राउ परेका सिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेकोमा पुर्पपक्षमा थुनामा राख्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्धार समितिले उद्धार गरेपछि उनीमाथि जबरजस्ती करणी भएको सार्वजनिक भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर