एमालेका मन्त्रीहरु सामूहिक राजीनामा दिँदै, बालकोटबाट बालुवाटार लागे – Nepal Press

एमालेका मन्त्रीहरु सामूहिक राजीनामा दिँदै, बालकोटबाट बालुवाटार लागे

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटबाट बालुवाटारतर्फ लागेका छन् ।

आफूहरुले साढे ८ बजे सामूहिक राजीनामा दिन लागेकाे कानूनमन्त्री पदम गिरीले जानकारी दिएका छन् ।

एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

एमालेले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेबाट सहभागी मन्त्रीहरुले राजीनामा दिन लागेकाे एमालेले बताएको छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर