रास्वपा बैठकबाट निस्केर महामन्त्री ढकालले भने- मलाई ह्यारेसमेन्ट भयो (भिडिओ) – Nepal Press

रास्वपा बैठकबाट निस्केर महामन्त्री ढकालले भने- मलाई ह्यारेसमेन्ट भयो (भिडिओ)

सभापति लामिछानेमाथि आरोप- उहाँ गोर्खा मिडियामा पनि निर्दोष, पार्टीमा पनि निर्दोष ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल पार्टीको जारी केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिएका छन् । उनले आफूलाई बैठकमा ह्यारेसमेन्ट गरिएको आरोप लगाए ।

बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै ढकालले गोरखा मिडियासँग पनि जोडेर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिए ।

उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदैछ । उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जिवी राईको सबै गल्ति भन्नुहुन्छ । पार्टी चाहीँ महामन्त्रीको सबै गल्ति देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ति गर्दैन भनेजस्तो भयो ।’

उनले बैठकमा आफूलाई जबरजस्ति बोल्न कर गरेर ह्यारेसमेन्ट गरिएको बताए ।

‘उहाँहरुले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौं भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रुपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाईंदैन । राजनीतिक तरिकाले बुझ्नुपर्छ । एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्यो, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दैछ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ ? कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ ? मलाई पार्टीको चिन्ता छ ।’

 


प्रतिक्रिया

One thought on “रास्वपा बैठकबाट निस्केर महामन्त्री ढकालले भने- मलाई ह्यारेसमेन्ट भयो (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर