प्रदेश सांसदद्वय बनिया र केसी लोसपा केन्द्रीय सदस्यमा मनोनीत – Nepal Press

प्रदेश सांसदद्वय बनिया र केसी लोसपा केन्द्रीय सदस्यमा मनोनीत

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया र हेमा बेल्बासे केसी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सांसद्द्वय बनिया र केसीलाई मंगलबार केन्द्रीय सदस्यमा मनोनयन गरेको लोसपा केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानले बताए ।

बनिया रुपन्देही क्षेत्र नम्बर ४ ‘१’ (मर्चवार क्षेत्र) बाट निर्वाचित सांसद् हुन् । उनी लोसपा लुम्बिनी प्रदेश संसदीय दलको उपनेता हुन् । केसी समानुपातिक सांसद् हुन् । उनी संसदीय दलको प्रमुख सचेतक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर