एमालेका मन्त्रीको राजीनामा बुझ्दै प्रधानमन्त्रीले सुनाए फत्तेमानको गीत- यस्तो पनि हुँदो रैछ… – Nepal Press

एमालेका मन्त्रीको राजीनामा बुझ्दै प्रधानमन्त्रीले सुनाए फत्तेमानको गीत- यस्तो पनि हुँदो रैछ…

काठमाडौं । एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही बेरअघि राजीनामा बुझाए । राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक टिप्पणी गरेनन् ।

प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको एक मन्त्रीले बताए ।

‘मैले एउटा गीत सम्झिरहेको छु- यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले… कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले… मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’

एमालेका मन्त्रीहरुले पनि कुनै टिप्पणी गरेनन् । उनीहरु एकछिनमै बालुवाटारबाट निस्किए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर