महामन्त्रीको प्रस्तुति अस्वभाविक, असहज र अप्राकृतिक, मैले चिनेको मुकुल ढकाल यस्तो होइनः डा. स्वर्णिम वाग्ले – Nepal Press

महामन्त्रीको प्रस्तुति अस्वभाविक, असहज र अप्राकृतिक, मैले चिनेको मुकुल ढकाल यस्तो होइनः डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री डा. मुकुल ढकाल असामान्य तरिकाबाट पेश भएको बताएका छन् । महामन्त्रीको व्यवहार र शैलीले उनले लेखेको प्रतिवेदनसमेत ओझेलमा परेको वाग्लेले टिप्पणी गरे ।

बैठक केही बेर स्थगित गरेर रास्वपाका पदाधिकारीले सञ्चारकर्मीलाई व्रिफिङ गरेका थिए । वाग्लेले बैठक लाइभ नगर्ने भनेर सतप्रतिशत केन्द्रीय सदस्यले भनेपछि महामन्त्रीले त्यसलाई स्वभाविक रुपमा नलिएको बताए ।

उनले भने, ‘आजको वैठकमा उहाँ एकदमै असहज, अस्वभाविक र अप्राकृतिक रुपमा पेश हुनुभयो । आज उहाँको व्यवहार मैले चिनेको मुकुल ढकाल रहेन । हामीले गर्ने स्नेह र सम्मानलाई उहाँले आज सामूहिकरुपमा नै लत्याउनुभयो ।’

महामन्त्रीमाथि कारवाही गर्ने माग बैठकमा उठे पनि सभापतिले नै रोकेको वाग्लेले बताए ।

‘महामन्त्रीजीको पार्टीमा यत्रो योगदान छ । हठात एक दिनको असामान्य व्यवहारका कारण हटाउने भन्ने हुँदैन भनेर टप नेतृत्व संयमित ढंगले लागिरहेको छ । विशेषगरी सभापतिज्यूले अनुशासन आयोगको बाउन्ड्रीबाटै जानुपर्छ भन्नुभयो । अपरिपक्व निर्णय नहोस भनेर उहाँ चिन्तित हुनुहुन्छ । नत्र केन्द्रीय सदस्यहरुको उहाँप्रति सामूहिक रोष थियो ।’

महामन्त्रीको शैली र व्यवहारले प्रतिवेदनमा भएका केही राम्रा कुराहरु पनि गौण बन्न पुगेको वाग्लेले उल्लेख गरे ।

 


प्रतिक्रिया

2 thoughts on “महामन्त्रीको प्रस्तुति अस्वभाविक, असहज र अप्राकृतिक, मैले चिनेको मुकुल ढकाल यस्तो होइनः डा. स्वर्णिम वाग्ले

  1. कसैले प्रयोग गरेको हुनुपर्छ । दलाली गर्नेको यस्तै नोैटंकी हुन्छ ।

  2. पहिले त खुबै तमासा गर्दै लाइभ बैठक गरेको होइन र ? जनताका लागि गरिने निर्णय गोप्य बैठक जरूरी हुँदैन भन्ने रबी लामिछाने नै होइनन र ? अहिले किन लाइभ गर्न नहुने मुकुलको कुरा बेठिेक कसरी भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर