घाँटीमा चना अड्किएर ३ वर्षीय बालकको मृत्यु – Nepal Press

घाँटीमा चना अड्किएर ३ वर्षीय बालकको मृत्यु

रुपन्देही । चना खाने क्रममा घाँटीमा अड्किएर दाङको तुलसीपुरमा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर–९ बेलुवा निवासी रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्तीको घाँटीमा चना अड्किएर मृत्यु भएको हो ।

बुधबार ५ बजे पछि स्कुलबाट आएर घरमा पकाएको चना खाने क्रममा बालकको घाँटीमा अड्किएपछि उपचारका लागि सिटि हस्पिटल तुलसीपुरमा लगिएको थियो । त्यहाँ डाक्टरले चेकजाँच गरेको केही समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर