नागढुंगा-नौबिसे सडक खण्ड बिहीबार-शुक्रबार बेलुका बन्द हुने – Nepal Press

नागढुंगा-नौबिसे सडक खण्ड बिहीबार-शुक्रबार बेलुका बन्द हुने

काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड (त्रिभुवन राजपथ) दुई दिन बेलुका १० देखि ३ बजेसम्म बन्द हुने भएको छ ।

राजमार्ग अन्तर्गत नौबिसे खोलको पुलको गर्डर लन्च गर्ने कार्य हुने भएकोले बिहीबार र शुक्रबार तोकिएको समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीबाहेर अन्य साधन पूर्णरुपमा रोकिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नाबय उपरीक्षक एवम् सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर