रास्वपा बैठक जारी : महामन्त्रीलाई बर्खास्त गर्ने तयारी, अनुशासन समितिका संयाेजक बाेलाइयाे – Nepal Press

रास्वपा बैठक जारी : महामन्त्रीलाई बर्खास्त गर्ने तयारी, अनुशासन समितिका संयाेजक बाेलाइयाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति बैठक राति अबेरसम्म जारी रहेकाे छ । महामन्त्री डा. मुकुल ढकालमाथि आजै कारबाहीकाे निर्णय हुन सक्ने स्राेतले बतायाे ।

वैठकमा पार्टीको अनुशासन समितिका संयोजक डा. भरतमणी देवकाेटालाई पनि आमन्त्रित सदस्यका बाेलाइएकाे छ ।

विधिसम्मतरूपमा कसरी पदबाट हटाउन सकिन्छ भनेर सुझावका लागि उनलाई बाेलाइएकाे हाे । रास्वपामा सभापतिले महामन्त्रीलाई बर्खास्त गर्न सक्छन् ।

तर अनुशासन समितिले सात दिनकाे स्पष्टीकरण साेधेकाे हुँदा त्याे अवधिसम्म पर्खिने कि नपर्खिने भनेर छलफल भइरहेकाे छ । अधिकांस केन्द्रीय सदस्यहरू आजै कारवाही गर्नुपर्ने पक्षमा छन् ।

पार्टी हित विपरित गतिविधि गरेकाे तथा अनुशासन उल्लंघन गरेकाे आराेपमा कारवाही गर्न लागिएकाे हाे । महामन्त्री ढकाल भने वैठक छाेडेर हिँडिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर