महामन्त्री ढकाललाई पदबाट निलम्बन गर्ने रास्वपाको निर्णय – Nepal Press

महामन्त्री ढकाललाई पदबाट निलम्बन गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेकाे छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेकाे हाे।  साथै महामन्त्रीका अनुशासनहिन क्रियाकलापका सम्बन्धमा प्रतिवेदनसहित थप कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्न पार्टीकाे अनुशासन समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेकाे छ ।

उनीमाथि ७ दिन छानबिन गरिने र दाेषी देखिएमा थप कारबाही हुने अन्यथा महामन्त्रीमा फर्किने छन् ।

बिहान ८ बजेदेखि बसेकाे वैठक १६ घन्टापछि मध्यरात १२ बजे सकिएकाे हाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर