रास्वपाको कार्यवाहक महामन्त्रीमा बुर्लाकोटी, प्रवक्तामा मनिष झा तोकिए – Nepal Press

रास्वपाको कार्यवाहक महामन्त्रीमा बुर्लाकोटी, प्रवक्तामा मनिष झा तोकिए

काठमाडौं । महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ ।

त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई ७ दिन निलम्बन गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया

One thought on “रास्वपाको कार्यवाहक महामन्त्रीमा बुर्लाकोटी, प्रवक्तामा मनिष झा तोकिए

  1. पार्टीको साधारण सदस्य पनि नरहने गरि निकाल । अरूको एजेण्ट बनेर पार्टीमा बस्न मिल्दैन । रविले कारवाही गरेका फटाहाहरूको ऐजेण्ट बनेको हुनुपर्छ ढकाल । दलाल भएपछि मान्छेको भाषा कसरी बदलिदोरहेछ भन्ने प्रत्यक्ष प्रमाण हो मुकुल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर