रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै – Nepal Press

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।

बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए ।

प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री सहभागी छन् ।

सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।


प्रतिक्रिया

One thought on “रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै

  1. राष्ट्रिय सहमतिको लागि उचित र जिम्मेवार कदम । प्रचण्डले पनि सिकुन नयाँसँग । सधै पदमा टासिएर बस्ने होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर