नेकपा एसका दुई मन्त्रीले राजीनामा नदिने – Nepal Press

नेकपा एसका दुई मन्त्रीले राजीनामा नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी(एस)का दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले राजीनामा नदिने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले नेपालप्रेसलाई बताए । उनले भने,‘प्रधानमन्त्रीलाई हाम्रो विश्वासको मत छ । हाम्रो मन्त्रीहरुले राजीनामा दिनुहुँदैन । ’

एसबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सरकार फेरबदलसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।सहरी विकास  मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जाेशी छन् ।

साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि आज राजीनामा बुझाउने तयारी गरेको छ । एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर