विद्यार्थीसँग अन्तरक्रिया गर्न केपी ओली बुटवल आउँदै – Nepal Press

विद्यार्थीसँग अन्तरक्रिया गर्न केपी ओली बुटवल आउँदै

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउने भएका छन् । एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्न ओली बुटवल आउन लागेका हुन् ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३.६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एकैठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।

दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम तय भएको एमाले रुपन्देहीका सदस्य यम पाण्डेले बताए । एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले अध्यक्ष ओलीसँग बालबालिकाहरुको अन्तक्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरुको पनि कार्यक्रममा सहभागिता रहने बताए ।

कार्यक्रममा अध्यक्ष ओलीसहित पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताहरु सहभागी हुने पाण्डेले बताए । ओलीसहितका नेताहरुको बिहान साढे १० को यति एयरबाट आउन लागेको एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *