मकवानपुरमा जंगली च्याउ खादा एकै परिवारका सात विरामी, एकजना गम्भीर – Nepal Press

मकवानपुरमा जंगली च्याउ खादा एकै परिवारका सात विरामी, एकजना गम्भीर

हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाएर एकै परिवारका सात जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको बालकको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ उर्लाघारी स्थित एकै घरका सात जना विरामी परेका हुन् ।

बिरामी हुनेमा ६५ वर्षकी मंगली मायाँ स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुद्धि बहादुरकी श्रीमती ३० वर्षीया पासाङ मायाँ स्याङ्तान र उनीहरुका ७ वर्षीय छोला लासाङ स्याङ्तान रहेका छन् । लासाङको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यस्तै बुद्धि बहादुरको दाइ बुद्ध स्याङतानका छोरीहरु १९ वर्षीया लक्ष्मी मायाँ स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र सात वर्षीया आरती स्याङतान रहेका छन् । बिरामीमध्ये दुईजनाको हेटौँडा अस्पताल र पाँचजनाको चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मंगली माया र लक्ष्मी मायाको हेटौँडा अस्पताल र बुद्धि बहादुर, पासाङ, लसाङ, पार्वती र आरतीलाई उपचारका लागि चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार भइरहेको हो ।

मकवानपुरमा जंगली च्याउ खादा असार महिना सुरुभएयता ३ जनाको ज्यान गैसकेको छ भने करिव ३ दर्जन मानिस बिरामी परेका छ्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *