प्रधानमन्त्रीसँगको छलफलपछि रास्वपा तत्काल सरकारबाट बाहिरिने सम्भावना टरेको दावी – Nepal Press

प्रधानमन्त्रीसँगको छलफलपछि रास्वपा तत्काल सरकारबाट बाहिरिने सम्भावना टरेको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करीव २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको छ ।

बैठकमा सहभागी रास्वपाका एक नेताले तत्काल मन्त्रीहरुको राजीनामा आउने सम्भावना नरहेको बताए ।

रास्वपा नेताहरुसँगका भेटमा प्रधानमन्त्रीले संसदको सामना गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताएका छन् ।

एमाले सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र रास्वापका शीर्ष नेताबीचको भेटले तत्काल रास्वपा सरकारबाट नबाहिरिने सम्भावना बढेको उनले बताए ।

भेटमा रवि लामिछाने,स्वर्णिम वाग्ले,डिपी अर्याल,सन्तोष परियारलगायत नेता सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर