नेपाल नेकपा एसको सर्वसम्मत अध्यक्ष बन्दै, घनश्यामले खोजे तेस्रो वरियतासहितको कार्यकारी पद – Nepal Press

नेपाल नेकपा एसको सर्वसम्मत अध्यक्ष बन्दै, घनश्यामले खोजे तेस्रो वरियतासहितको कार्यकारी पद

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत बन्ने भएका छन् । बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू सर्वसम्मतिको प्रयासमा रातभर जुटेका थिए ।

अध्यक्षको प्रतिस्पर्धी रहेका घनश्याम भुसाललाई महासचिव बनाएर माधव नेपाललाई अध्यक्ष सर्वसम्मत बनाउने प्रयास भएको थियो ।

महाधिवेशन प्रतिनिधिको संख्या नेपालको पक्षमा अधिक देखिएपछि भुसालले वरिष्ठ उपाध्यक्ष दाबी गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको दाबी रहेकाले उनलाई कार्यकारी अधिकारसहितको महासचिव बनाउन लागिएको छ ।

यद्यपि भुसालले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेको बताइएको छ ।

महासचिव नै भए पनि वरियतामा सम्मानित नेताभन्दा पछि रहने अवस्थामा भुसालले माधव नेपाललाई समर्थन जनाउने भएका छन् ।

नेकपा एसका पदाधिकारी सर्वसम्मति पछि केन्द्रीय सदस्यहरूको मनोनयनपत्र दर्ता गराएर नेतृत्वले सर्वसम्मत गराउने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर