‘आउटल: दफा २१९’ मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन ? – Nepal Press

‘आउटल: दफा २१९’ मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन ?

काठमाडौं । फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘आउटलः दफा २१९’को टिजर केही दिनमै सार्वजनिक हुँदैछ । यो फिल्म असोजको ३ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माण पक्ष छ ।

फिल्ममा नायक सुशील श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यसैबीच, निर्माण पक्षले सुशीलको केही तस्बिर सार्वजनिक गरेका छन् । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् ।

यसले, फिल्ममा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन होला भन्ने कौतुहलता दर्शकमाझ बढेको छ । फिल्मको टीमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै फिल्मको छायांकन गरेको हो ।

अमित अग्रहरीको निर्माणमा तयार भएको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । विक्की महर्जनकै लेखन रहेको यो फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय हेर्न सकिन्छ ।

विनोद कडायत र शशाङ्क खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।

नवीन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्मका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन् । यो फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *