सुनको मूल्य तोलामा १६ सयले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा १६ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला १ लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने १ लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *