म्युजिकल सिनेमा ‘हिरुलाल-द सोल अफ कर्णाली’ सार्वजनिक – Nepal Press

म्युजिकल सिनेमा ‘हिरुलाल-द सोल अफ कर्णाली’ सार्वजनिक

काठमाडौँ। कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरुलाल–द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ ।

जुम्लाको विभिन्न स्थानमा छायांकन गरिएको म्युजिकल सिनेमामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको सम्मिश्रण गरिएको छ ।

सार्वजनिक म्युजिकल सिनेमामा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानीयको पिडालाई प्रस्तुत गरिएको छ। यो म्युजिक सिनेमालाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन् ।

‘आफ्नो पहिलो डेव्यु निर्देशकीय म्युजिक सिनेमामा आफ्नो गृह प्रदेशको कथा व्यथा प्रस्तुत गर्नुपर्छ भन्ने भएपछि एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ,’ उनले भने ।

यो गीतको म्युजिक कम्पोज चक्र बमले गरेका छन्। उनी यो म्युजिकल सिनेमाका एसिस्टेन्ट निर्देशक तथा गायक समेत हुन् । चक्रलाई गायनमा रचना रिमालले साथ दिएकी छन् ।

गीतमा समावेश ठाडी भाकामा देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् । गीतका संगीत निर्माता कोविद बज्र हुन् भने गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् ।

सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा नायिका रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बमले अभिनय गरेका छन् । योगीले ‘प्रकाश’ पश्चात् हिरुलालमा पुनः जुम्लाकी स्थानीय महिलाको भूमिका निर्वाह गरेकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *