सांघाई कोअपरेसन अर्गनाइजेसन सदस्य देशको संख्या १० पुग्यो, बेलारुस नयाँ सदस्य – Nepal Press

सांघाई कोअपरेसन अर्गनाइजेसन सदस्य देशको संख्या १० पुग्यो, बेलारुस नयाँ सदस्य

काठमाडौं । चीनको राजधानी बेइजिङमा सचिवालय भएको सांघाई कोअपरेसन अर्गनाइजेसनको सदस्य संख्या १० पुगेको छ । बेलारुस नयाँ सदस्यको रूपमा जोडिएसँगै दश संख्या पुगेको हो ।

नेपाल डाइलग पार्टनर भएको सांघाई कोअपरेसन अर्गनाइजेसनमा बेलारुसको सदस्यता भएसँगै यो संख्याको जीडीपी विश्वको २० प्रतिशत पुगेको छ भने विश्वको जनसंख्याको ४० प्रतिशत हिस्सा रहेको छ ।

सन २००१ मा स्थापना भएको यो संस्थाका सदस्यहरूमा चीन, रुस, भारत, इरान, काजकिस्तान, किर्गिस्तान, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र हालसालै जोडिएको बेलारुस सदस्य छन् ।

नेपाल सन २०१६ मार्च २२ मा सांघाई कोअपरेसन अर्गनाइजेसनको डाइलग पार्ट्नरको रूपमा जोडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर