राइजिङ लिडरको ‘गगनभेदी’ निडर यात्रामाथि ५ बुँदे व्याख्यात्मक टिप्पणी
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा वर्तमान सरकारका शक्तिशाली उप तथा गृहमन्त्री रवि लामिछाने माथि तथ्य र तथ्यांककै आधारमा ‘सहकारी प्रकरण’ लाई लिएर संसदमै ‘कटाक्ष’ गर्दा धेरै काग्रेसजनहरूको मनमा ‘गगन थापा’ ले गल्ती गरे भन्ने नै थियो ! उदाउँदो शक्ति र लोकप्रिय नेता रविमाथि कटाक्ष गरेर काग्रेस नेता ‘गगन’ ले अरिंगालको गोलामा हात हाल्न पुगेको थप टिप्पणी अधिकांश काग्रेसजनको थियो नै ।
तर, जब सिगो संसदलाई ‘गगन’ले आफ्नो एजेण्डामा उभिन बाध्य बनाए, तब तीनै कांग्रेसजन मात्र नभई चोक चौतारोमा गगनबारे ‘नेता होस् त गगन जस्तो’ भन्ने टिप्पणी सुनिन थालेको छ । ‘गगन’ बारे टिप्पणी आलेखको अन्तसम्म नै गरौंला ।
तर, प्रारम्भमै गर्नैपर्ने र मुलुकले लिन लागेको बाटोका बारेको टिप्पणी हो- कांग्रेस-एमाले गठबन्धन र फेर्नैपर्ने निर्वाचन प्रणाली । वर्तमान संविधानले निर्दिष्ट गरेको निर्वाचन प्रणालीवाट अस्थिर सरकारबाहेक मुलुकले केही प्राप्त गर्न नसकेकैले काग्रेस-एमाले गठबन्धन र त्यो गठबन्धनले संविधान संसोधनसहित निर्वाचन प्रणालीमा गरिने संशोधनप्रतिको थापाको टिप्पणी । जुन बाटोमा जान ‘कांग्रेस-एमाले’ तयार रहेको र त्यसैको ‘ड्राफ्ट’ हुँदै गरेका समाचारले अहिले ‘हट केक’ बनेर राजनितीक बजार तताइरहेको छ ।
गणतन्त्रका लागि गिरिजाबाबुसँगै गलफत्ती !
यीनै ‘गगन’ ले पार्टीभित्र ‘गणराज्य’ को आन्दोलन र सडकमा गणतन्त्र प्राप्तीको शान्तिपूर्ण आन्दोलनको पक्षमा सुनिने गरी ‘आवाज’ बुलन्द पारे ।
अलिकति ‘गगन’ बारे चर्चा गरौं । गणतन्त्रको मुद्दाको उठान नगरेर ‘गिरिजाप्रसाद कोइराला’ सँगको सामिप्यता कायमै राखेका भए नेपाल विद्यार्थी संघको अध्यक्षको जिम्मेवारीसहित संगठनको इतिहासमा उनले नाम लेखाउन सक्दथे ।
तर, नेविसंघको अध्यक्षको पदभन्दा उनले ‘गणतन्त्र’ प्राप्तीको आन्दोलनको मार्ग रोज्न पुगे । त्यही आन्दोलनको ‘ज्वारभाटा’ मा आफूलाई होम्न पुग्दा एकातिर सत्ताबाट लगाइएको ‘राजकाज’ को मुद्दा खेपे भने अर्कातिर आफ्नै नेता गिरिजा प्रसादबाट ‘दरबारिया’ भएको आरोप ! तथापि उनको राजनीतिक यात्रा भने डगमगाएन ।
०५८ को प्रतिगमनविरोधी आन्देलन हुँदै गर्दा ‘नेपालको जेठो तथा ऐतिहासिक पार्टी नेपाली कांग्रेस मुलुकलाई ‘पूर्ण लोकतन्त्र अर्थात गणतन्त्र’ मा लैजाने आँटसहितको नारा लगाउन तयार थिएन !
तर, यीनै ‘गगन’ ले पार्टीभित्र ‘गणराज्य’ को आन्दोलन र सडकमा गणतन्त्र प्राप्तीको शान्तिपूर्ण आन्दोलनको पक्षमा सुनिने गरी ‘आवाज’ बुलन्द पारे । लोकतन्त्र प्राप्तीसँगै जब मुलुक संविधान निमार्णको चरणमा प्रवेश गर्यो तब तीनै ‘गगन’ ले संविधानसभाभित्र वाम शक्तिको दुईतिहाइ र माओवादी एक्लैको बहुमत भएकै समय ‘लोकतान्त्रिक संविधान निर्माण’ का पक्षमा आफूलाई ‘सतिसाल’ का रूपमा उभ्याए ।
राजनीतिक र भौतिक जीवन नै दाउमा !
प्रतिगमनविरुद्धको आन्दोलन, गणतन्त्रको पक्षमा काग्रेसको दृढता र लोकतान्त्रिक संविधान निर्माणसँगै शक्ति केन्द्रका रूपमा उदय भएका तत्कालीन अख्तियार प्रमुख लोकमानसिं कार्कीको नियुक्ति प्रकृयादेखि ‘लोकमानको छाया सत्ता’ का विरुद्ध हुने देखिने गरि प्रस्तुत भए । त्यो कालखण्डमा ‘लोकमानको बर्खास्त’ को माग उठाउनु ‘चानचुने’ विषय थिएन ।
त्यतिमात्र होइन, नेकपाको दुई तीहाइको सरकार र त्यो सरकारका ‘सर्वशक्तिमान नेता’ केपी शर्मा ओलीका पाला समेत संसदमा ‘मिडिया काउन्सिल विधेयक’ लगायत ‘नियन्त्रित कानून’ निर्माणका निम्ति पेश विधेयकका विरुद्ध उनै ‘गगन’ मुखरित रूपमा संसदमा प्रस्तुत भए ।
नेकपाको दुई तिहाई सरकारका अनेक काण्डका बारेमा एक्लै बोलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै भनेका थिए- एकजना माननीय क्यालकुलेटर लिएरै आउनुभएको रहेछ ! बोल्नु भनेको – गिरिजाप्रसाद कोइरालाको पालामा ‘राजनितीक जोखिम’, माओवादीको पालामा ‘जीवन नै जोखिम’ र लोकमानको पालामा ‘राजनीतिक तथा नैतिक’ जोखिम थियो । तर, यी सबै जोखिम ‘राइजिङ लिडर’ गगनका लागि स्वीकार्य भए ।
एमसीसीका कारण ‘मुलुक ध्रूवीकरण’ को बाटोमा गएको थियो, जसलाई व्याख्यात्मक टिप्पणीसहित ‘आर्थिक कुटनीतिक’ जोगाउने पक्षमा देखा परे । संविधान जारीका समय लगाइएको ‘नाकाबन्दी’ लाई नाकाबन्दी नै हो भन्ने सन्देश दिन तयार ‘गगन’ लिपुलेकको नक्शा प्रकरणमा सत्तालाई ‘हातेमालो’ गर्दै साथ दिन पुगे ।
कोभिड कालमा ३९ सांसदको हस्ताक्षरसहित सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता मात्र गराएनन, यिनले कोभिडबाट नागरिक बचाउने अभियानमा सत्तासँग ‘प्रष्ट गुरुयोजना’ सहित हातेमालो गरे । नेपालमा सरकार निर्माण भएपिच्छे फरक-फरक हुने वैदेशिक कुटनीतिक सम्बन्धका बारे आफ्नै पार्टीको केन्द्रीय समितिबाट पास गराएर ‘वैदेशिक नीतीबारे साझा धारणा’ बनाउन अन्तरपार्टी संवादसमेत चलाए ।
यसरी हेर्दा उनीमा लोकतान्त्रिक संविधान निर्माण, कोभिड, एमसीसी, वैदेशिक सम्बन्धजस्ता विषयमा ‘साझा धारणा’ निर्माणमा देखिएको ‘समन्यवयकारी भूमिका’ को उपयोगिता अहिले आएर ‘काग्रेस-एमाले’ गठबन्धन र उक्त गठबन्धनले ‘संविधान संशोधन’ मा लिने ‘इनिसेसन’ को विषयले प्रथामिकता पाउँदै छ ।
संसद, सडक र संचार माध्यम मार्फत विषय उठान गरेर उक्त ‘विषयका वरिपरी मुलुकलाई पछिल्लो समय घुमाउँदै आएका तिनै गगन अहिले संविधान संसोधन गरी निर्वाचन प्रणाली परिर्वतन गरेर ‘राजनितीक स्थिरता’ दिनुपर्ने धारणामा सुनिन थालेका छन् । जुन बाटोमा मुलुक अहिले अघि बढ्ने ‘रूपरेखा’ तय हुँदैछ ।
भीडको पछि होइन सत्यको पक्षमा
आफू र पार्टी हितभन्दा पनि ज्यादा ‘जनहित’ हेर्ने दृष्टिकोण बनाएकै कारण दुई दशकभन्दा ज्यादा ‘आलोचना र लोकप्रियता’ दुवैको केन्द्र भागमा रहेका ‘गगन’ कमजोर वैचारिक धरातलमा उभिएका हुन्थे भने उहिल्यै राजनीतिबाट ‘विस्थापित’ भइसकेका हुन्थे । त्यसो त उनी महामन्त्री लड्दासमेत अघिल्लो पटक कृष्णप्रसाद सिटौला र दोश्रो पटक डा. शेखर कोइरालालाई सभापतिका रूपमा रोजे ।
तर, उनै गगनको लोकप्रियताको प्रत्यक्ष फाइदा भने नेताद्वय सिटौला र कोइरालाले उठाए । उता नेकपाको सरकार निर्माणलगत्तै उन्मत्त भएका केपीले पार्टीको आन्तरिक झगडाको प्रतिकृयास्वरूप संसद विघटन गरे ! संसद विघटनलगत्तै ‘केपीको संसद विघटनको कदम’ विरुद्ध उक्त कदम ‘असंवैधानिक’ हो भन्ने आँट प्रारम्भमा पार्टीको पनि थिएन !
नेकपाको झगडाका समय निर्वाचनमा जादा ‘काग्रेस पार्टी ठूलो बन्ने’ एकाथरीको विश्लेषण बजारमा आउन थालिसकेको थियो । तर, उनले भने जुनसुकै तर्क दिएपनि ‘असंवैधानिक कदम’ लाई संबैधानिक भन्न सकिन्न । ‘सपना, संकल्प र अनुभव’ ले ‘गगन’ लाई एकातिर ‘खार्दै’ लगेको छ भने अर्कातीर ‘जिम्मेवारी उन्मुख’ पनि गराउदै लगेको छ ।
उनी निकटस्थ संग भन्न थालेका छन – हाम्रो सिकाई, अभ्यास र अनुभवले संबिधान संसोधन गर्नै पर्ने अवस्था देखिएको छ । हिजो संविधान निर्माणमा एमाले र हामी सँगै थियौ । सत्ता निर्माणका सन्दर्भमा भने पहिलो र दोश्रो पार्टी एकै ठाउँमा हुनु त्यति सान्दर्भिक नहोला । तथापि हिजो ०४६ मा पनि हामी जसरी एकै ठाउमा थियौ, त्यसैगरि ‘निर्वाचन प्रणालीको सुधार’का निम्ती आज पनि हामी र एमाले एकै ठाउमा हुन जरुरी छ ।
आज विश्वमा जस्तै नेपालमा पनि पपुलिजमको हावा चलेको छ । नेताहरु भीडले जे रुचाउँछ त्यहि बोलेर साखुल्ले पल्टिन चाहान्छन् । कोही पनि गलतलाई गलत हो भनेर भीडलाई चिढ्याउँन चाहदैनन् । गगन थापामाथि पनि विगतमा यस्तो आरोप नलागेको होइन ।
तर पछिल्ला केही उनका अभिव्यक्ति र अभियानले के सिद्ध गरेको छ भने गगन भीडको पछि होइन भीडलाई सकेसम्म सही दिशा दिने र सत्य बोल्ने नसके एक्लै भने पनि सत्य साबित गर्न लाग्ने नेतामा दरिएका छन् । यस अर्थमा शक्तिसँग नझुक्ने,सत्यसँग नलड्ने केपी ओलीको मन्त्र र भीडसँग सरेन्डर नगर्ने गगनभेदी निडर यात्राबीच कहिँ न कहिँ मेल खाएको देखिन्छ ।
सम्भवतः कांग्रेस एमाले सहकार्यको नयाँ अध्याय यस्तै सोचहरुको परिणाम पनि हुनसक्छ । किनकी ठूला दल मिल्नुको अर्थ सत्ताको भागबण्डा मात्र होइन पपुलिजमको विषाक्त हावा र जनतामा फैलिएको मास फ्रस्टेसनको संक्रमणको निदान चाहिँ हुनुपर्छ । किनकी ठूला राजनीतिक शक्तिको जिम्मेवार भूमिका यस्तै बेलामा खोजिने हो ।
अबको ८० को दशकको एक छत्र नेताका रूपमा ‘गगन’ र उनको पुस्ताको उदयलाई सम्भवत: रोक्ने आँट कसैमा नरहला । किनकी उनीमा राजनीतिमा लिनैपर्ने ‘रिस्क’ लिने अदम्य आँट रहेछ । जुन आँटकै कारण ‘एन्टी करेन्ट’ अभिव्यक्ति दिएर सिंगो देशको ध्यान खिच्नेमात्र नभई आफ्नै एजेण्डाकै वरिपरी देशलाई घुमाउन उनले आजै थालि नै सके ।
मुद्दाको उठान र बैठानमा एकरुपता
राष्ट्रिय राजनितीलाई केन्द्र भागमा राखेर ‘मुद्दा उठान’, उठान मुद्दा ‘स्थापित’ र स्थापित मुद्दा ‘कार्यान्वयन’ मा लैजाने सन्दर्भमा ‘थापा’ ले आफूलाई ‘स्थापित’ गराए । थापाका बारेको समग्र टिप्पणीप्रति ‘अतिशयोक्ति’ पनि लाग्न सक्दछ ।
तर, सर्वकालीन नेतृत्वमध्ये बीपी कोइराला पछि थापाले आफूलाई ‘मुद्दा उठान र उठान मुद्दामा सिंगै देशलाई संवाद गर्न बाध्य बनाएर’ राजनीतीको केन्द्र भागमा जर्वजस्त उभ्याए । तसर्थ, जसरी ५० को दशकमा गिरीजाप्रसाद कोइरालाकै बरिपरी नेपालको राजनिती घुम्न पुग्यो । ६० को दशक ज्ञानेन्द्र शाहले आफ्नो हातमा शासन लिएको समयलाई छाडेर हेर्ने हो भने पुष्पकमल दाहालकै वरिपरी राजनीति घुम्न पुग्यो ।
देउवाकालीन समय भने नेपालको राजनीतिमा प्रियभन्दा अप्रिय घटना नै ज्यादा घट्न पुग्यो ! ७० को दशकमा ‘माने पनि नमाने पनि’ सत्ता वा अपोजिसन जहा रहे पनि राजनितिको केन्द्र भागमा भने केपी शर्मा ओली नै रहे । अबको ८० को दशकको एक छत्र नेताका रूपमा ‘गगन’ र उनको पुस्ताको उदयलाई सम्भवत: रोक्ने आँट कसैमा नरहला । किनकी उनीमा राजनीतिमा लिनैपर्ने ‘रिस्क’ लिने अदम्य आँट रहेछ । जुन आँटकै कारण ‘एन्टी करेन्ट’ अभिव्यक्ति दिएर सिंगो देशको ध्यान खिच्नेमात्र नभई आफ्नै एजेण्डाकै वरिपरी देशलाई घुमाउन उनले आजै थालि नै सके ।
रिस्क र गगन पर्याय !
राजनीतिक स्थिरता र सुशासनबेगर मुलुकले समृद्धिको मार्ग पहिल्याउन नसक्नेमा गगन स्पष्ट देखिन्छन् । त्यसैले उनले रेकर्ड नै रहने गरी सार्वभौम संसदमा भन्दै आएका छन- तेरो मेरो, नेता र नाता जो कोही रहे र परे पनि सुशासन कायम गर्ने सन्दर्भमा कसैलाई नछाडौं । अकूत कमाउनेहरूको सम्पत्ति छानबिन गरौं ।
पार्टीहरू ‘भ्रष्ट मुक्त’ बनाऔं । उनले साथ समेत मागे – ०४६ पश्चातका लाभका पदमा रहेका तमामको सम्पत्ति छानबिन गरौं, चाहे त्याहाँ जो सुकै परोस । आवश्यक दण्ड र जरिवाना गरौं । त्यसका निम्ती म एक्लैले सक्ने कुरै भएन, संसदमा विचाराधीन भ्रष्टाचार निवारणसम्बन्धी ऐनको प्रस्तावमा म साथसमेत चाहन्छु ।
यसबाट उनीलाई प्रष्ट रूपमा बुझ्न सकिन्छ – भ्रष्टाचारको विषयनै आजको प्रमुख चुनौती हो र त्यसलाई नचिरी सुखै छैन । जुन विषय उठाउँदै गर्दा पार्टीभित्रैबाट पनि उनले चौतर्फी आलोचना खेप्नु पर्ने निश्चित छ । तथापि ‘गगन’ ले हार्न जानेको देखिँदैन । ‘रिस्क’ लिएर विषय उठान गर्दै पार लगाएकै विषयहरूले उनीलाई राष्ट्रिय राजनीतिको ‘केन्द्र भाग’ मा उभ्याइराखेको छ ।
तसर्थ, इतिहासमा उल्लेख्य योगदान दिएका ‘केपी, प्रचण्ड, शेरबहादुर’ ले अब अन्तिम योगदान स्वरूप ‘संविधान संशोधन’ गरी निर्वाचन प्रणाली बदल्ने काम गरेमात्र पुग्छ । बाँकी राजनीतिक स्थिरता, सुशासन हुँदै मुलुकलाई समृद्धिको मार्गमा लैजाने कामत अब राइजिङ लिडर अर्थात् ‘गगन’ हरूकै हो ।
कांग्रेस र एमाले बीचको सहकार्य र मुल उधेश्य संविधान संशोधन रहनु एमाले अब शंखर पोखरेल र कांग्रेस गगन थापाको नीतिमा अगाडी बढ्यो,
यसको अर्थ जसको नीति उसैको नेतृत्व, ठुला पार्टी कांग्रेस, एमालेको नेतृत्वको चित्र समेत कोरिएका बुझ्न सकिन्छ ।