पुटिनको अन्तरवार्ता लिएर कालोसूचीमा राखिएका पत्रकारसँग अन्तरवार्ता दिन राजी भए युक्रेनी राष्ट्रपति – Nepal Press

पुटिनको अन्तरवार्ता लिएर कालोसूचीमा राखिएका पत्रकारसँग अन्तरवार्ता दिन राजी भए युक्रेनी राष्ट्रपति

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग अन्तरवार्ता लिएका अमेरिकाका चर्चित टेलिभिजन पत्रकार टकर कार्लसनले युक्रेनी राष्ट्रपतिले पनि अन्तरवार्ता दिन राजी भएको सार्वजनिक गरेका छन् ।

बुधवार उनले यो सूचना सार्वजनिक गरेका हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनको अन्तरवार्ता लिएको कारणले युक्रेनी दुस्मनी सूचीमा राखिएका टकर कार्लसनलाई अन्तरवार्ता दिन जेनेन्स्की अन्ततः सहमत भएका छन् ।

गत अप्रिलसम्म अमेरिकाको फक्स् न्यूजका प्रस्तोता कार्लसनलाई कुनै सार्वजनिक कारण नदेखाईकन निकालिएको थियो ।

त्यसपछि उनी सामाजिक सञ्जाल खासगर युट्युब, एक्स (साबिकको ट्विटर), फेसबुक तथा टेलिग्राम अनि टीकटक लगायतका सामाजिक सञ्जालमा आफ्ना कार्यक्रमहरू राख्दै आएका छन् । उनको निजी वेबसाइटमा पनि उनी आफ्ना सामाग्री राख्ने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर