सहमतिबाटै नेतृत्व चयन हुन्छ: माधव नेपाल (भिडिओ) – Nepal Press

सहमतिबाटै नेतृत्व चयन हुन्छ: माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् ।

बिहीवार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरुसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुषालले अध्यक्षमा दाबी गरेका थिए । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निस्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए ।

उनले भने ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’

अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभइ नयाँ नेतृत्व चयन हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर