बेलायतमा ६५० सिटको संसदीय चुनाव हुँदै : १४ वर्षपछि लेबर सत्तामा आउने प्रक्षेपण – Nepal Press

बेलायतमा ६५० सिटको संसदीय चुनाव हुँदै : १४ वर्षपछि लेबर सत्तामा आउने प्रक्षेपण

काठमाडौं । ६५० सिटको बेलायती प्रतिनिधिसभाको चुनाव आज हुँदैछ । आगामी मे २२ मा हुनुपर्ने चुनावको बेलायती प्रधानमन्त्री ऋषि सुनकले चाँड संसद विघटन गरेर चुनाव घोषणा गरेकोले चुनाव चाँडै हुन लागेको हो ।

बेलायती सत्तामा १४ वर्ष विपक्षी बेन्चमा बस्न बाध्य भएको लेबर पार्टीले यो चुनावमा जित निकाल्ने चुनावी प्रक्षेपणहरू सार्वजनिक भएका छन् ।

३२६ सिट ल्याउन लेबरले एक्लै सक्छ वा अरु साना दलको साथ लिनुपर्ने हो त्यो हेर्न बाँकी छ । टोनी ब्लेयर र गोर्डन ब्राउनपछि लेबरका प्रधानमन्त्री बन्ने अनुहारको रूपमा आएका छन् केइन स्टार्मर ।

मानव अधिकार वकिलको रूपमा पहिचान बनाएका ६१ वर्षका केइर स्टार्मर राजनीतिमा आएको जीवनको पछिल्लो समयमा मात्रै हो ।

सीएनएका अनुसार उनी सन २०१५ मा मात्रै राजनीतिमा आएका हुन् । सन २०१५ मा लेबरका सांसद भएका उनी पाँच वर्ष नपुग्दै लेबरका संसदीय दलका नेता बने ।

संसदीय दलको नेता बनेको पाँच वर्ष नपुग्दै उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर