रविविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने – Nepal Press

रविविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसहित दायर रिटको अन्तिम सुनुवाइका लागि भइरहेको बहस सकिएको छ ।

सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको स्रोतले बतायो । अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । हेर्दाहेर्दैमा रहेको सुनुवाईमा बिहीबार जवाफी बहस सकिएको हो ।

सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । पहिलो दिन बहस नसकिएपछि असार १८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो । असार १८ गते पनि नसकिएपछि बुधबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । तर, स्थगितमा परेपछि बिहीबार सुनुवाइले निरन्तरता पाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर