नेपाल बैंक र काठमाडौं महानगरबीच बैंकिङ कारोबार गर्ने सम्झौता – Nepal Press

नेपाल बैंक र काठमाडौं महानगरबीच बैंकिङ कारोबार गर्ने सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

मंगलबार काठमाडौं महानगरकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमूख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत प्रदीप परियारले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका सामूदायिक विद्यालयहरुलाइ बैंकले विशेष छुटसहितको बैंकिंङ सेवा उपलब्ध गराउने एवं सामूदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंकको सबै शाखाबाट छुटसहित आकर्षक बैंकिंङ सेवा सूविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नूका साथै नियमानूसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिंङ सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *