छानबिन समितिले सीआईबी प्रमुख-आईजीपीसँग छलफल गर्ने, सहकारी सञ्चालकलाई पनि बोलावट (भिडिओ) – Nepal Press
सहकारी प्रकरण

छानबिन समितिले सीआईबी प्रमुख-आईजीपीसँग छलफल गर्ने, सहकारी सञ्चालकलाई पनि बोलावट (भिडिओ)

काठमाडौं । सहकारी संस्था वचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, आईजीपी र गृहमन्त्रालयका सचिवसँग भोलि जानकारी लिने कार्यसूची रहेको सभापति सूर्य थापाले बताए ।

बिहीबारको बैठकमा समितिको कार्यादेशको अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ । सभापति थापाले सहकारीलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताए ।

आज महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसँग छलफल गरिएको थियो ।

सहकारी सञ्चालकहरूलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उनले नआए कानूनबमोजिम नै कारबाही हुने चेतावनी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर