दीर्घकालीन असरका निर्णय नगर्न एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण – Nepal Press

दीर्घकालीन असरका निर्णय नगर्न एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।

महासचिव शंकर पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा दुई ठूला दल एमाले र कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको जिकिर गरिएको छ ।

राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पनि एमालेले अनुरोध गरेको छ ।

सत्ताघटकको प्रमुख दल एमालेले समर्थन फिर्ता लिई मन्त्रीहरूले समेत राजीनामा दिएको अवस्थामा प्रचण्ड सरकार स्पष्ट अल्पमतमा परेको एमालेले जनाएको छ ।


प्रतिक्रिया

3 thoughts on “दीर्घकालीन असरका निर्णय नगर्न एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

  1. अझै पनि अपराधि र भ्रष्टाचारि लाई समातेर कानुन काे कठघरामा उभ्याउन कसैले राेकछेक गर्न मिल्दैन ! यो सरकार पनि संविधान र कानुनी राज्यको पक्षमा छ!

    1. राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अरु सबै भ्रष्ट र अपराधी पार्टी छन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर