एआईजीका लागि सिफारिस भएर बधाई खाएका पोखरेल डीआईजीबाटै घर फर्कन सक्ने ! – Nepal Press

एआईजीका लागि सिफारिस भएर बधाई खाएका पोखरेल डीआईजीबाटै घर फर्कन सक्ने !

काठमाडौं। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक-एआईजीका लागि बढुवा सिफारिसमा परेका नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल अवकाशको मुखमा पुगेका छन्।

बिहीबार राती १२ बजेसम्म बढुवा नभए उनी डीआईजीबाटै अवकाश पाउने छन्। त्यसो त उनी एआईजी भइहाले भएपनि बिहीबार रातीबाटै अवकाशमा जानेछन्।

उनले उमेर हदका कारण अवकाश पाउन लागेका हुन्। प्रहरीमा एआईजी र डीआईजीको उमेर हद ५६ वर्ष रहेको छ। पोखरेल हालका आईजीपी वसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन्।

नेपाल प्रहरीमा दुई दिनयता एआईजीको एक दरबन्दी रिक्त छ । उमेशराज जोशीले मङ्गलवार राती १२ बजेबाट अवकाश पाएका थिए।

उनले अवकाश पाउने पक्का भएपछि उक्त स्थानमा बढुवाका लागि बढुवा समितिले गत असार १० गते सिफारिस गरेको थियो।

उजुरीका लागि ७ दिनको म्याद सकिए पनि मन्त्रिपरिषद् बैठकले उनलाई बढुवाको निर्णय गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *