काठमाडौं-तराई फास्ट ट्र्याकको लेनडाँडा सुरुङमार्ग छिचोलियो – Nepal Press

काठमाडौं-तराई फास्ट ट्र्याकको लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ छिचोलिएको छ ।

उक्त सुरूङ मार्ग १६१२ मिटरको रहेको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङ ब्रेक-थ्रूको अवलोकन गरेका थिए । शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरू छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गरे । र्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत सैनिक अधिकारी उपस्थित थिए ।

गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १६३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङ १६५३ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग छिचोलिसकिएको छ ।


प्रतिक्रिया

One thought on “काठमाडौं-तराई फास्ट ट्र्याकको लेनडाँडा सुरुङमार्ग छिचोलियो

  1. छिचोल्ने मात्र होला नि सँचालनमा ल्याउन त हाम्रो अर्को जेनेरेसनले मात्र उपयोग गर्न पाउँछ होला नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *